|

ललितपुर : ‘हाइयर ग्राउण्ड’ नेपालले आगामी महिना फाइभ के फन रन आयोजना गर्ने भएको छ। 

करिब ३ वर्षपछि हुन लागेको यो कार्यक्रममा पाँच किलोमिटर फन रन हुने हाइयर ग्राउण्डले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। 

आगामी चैत ३ गते शनिबार बिहान ७ बजे जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा यो कार्यक्रम सञ्चालन हुने  संस्थाकी निर्देशक विमला श्रेष्ठ पोखरेलले जानकारी दिइन्।

रन कार्यक्रम मार्फत नेपाली महिलाको सशक्तीकरणमा टेवा पुर्‍याउने तथा विभिन्न विपन्न वर्गका व्यक्तिको सहयोगका निम्ति महत्त्वपूर्ण कोष जुटाउने लक्ष्य आयोजकले लिएको छ । 

यो वर्षको फन रन कार्यक्रममा स्वयंसेवक र सहभागी गरी एक हजार ५०० भन्दा बढीले भाग लिने अपेक्षा रहेको पोखरेलले बताइन्। 

फन रनका क्रममा जुम्बा डान्स, बालबालिका खेल्ने ठाउँ, फेस पेन्टिङ लगायत महिला उद्यमीद्वारा सञ्चालित स्टलका साथै ब्लाइ ब्लाइन्ड रक्स संस्थाद्वारा सांगीतिक कार्यक्रम पनि हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.