|

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी हप्ताभित्र इजरायल र हमासबीच युद्धविराम हुने बताएका छन्।

अमेरिकाको न्यूयोर्कमा भएको एक अन्तरक्रियात्मक कार्यक्रममा बाइडेनले युद्धविरामका लागि प्रयास जारी रहेको भन्दै आगामी सोमबारभित्र युद्धविराम हुने बताएको सीएनएनले जनाएको छ।

बाइडेनले आफ्ना सुरक्षा सल्लाहकारले आफूहरु युद्धविरामको नजिक रहेको बताएको उल्लेख गर्दै उनले सोमबारभित्र युद्धविराम हुने विश्वास व्यक्त गरे।

अमेरिकी अधिकारीहरुका अनुसार हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइको सहमति भइसके पनि इजरायली सेना गाजाबाट फिर्ता हुने विषयमा कुरा मिल्न बाँकी छ।

हालै फ्रान्सको राजधानी पेरिसमा अमेरिका, इजिप्ट र इजरायली खुफिया एजेन्सीका प्रमुखहरुबीच भएको छलफलमा हमासले इजरायली सैनिकको पूर्णफिर्तिलाई प्रमुख मुद्दा बनाएको बारे जानकारी गराइएको थियो।

यसअघिको युद्धविराममा हमासले इजरायलमा रहेका प्यालेस्टाइनी बन्दीको रिहाइलाई आफ्नो मागका रुपमा अघि सारेको थियो। तर, अहिले इजरायली सैनिकको फिर्तीको मागले युद्धविराममा सहमति नजुटेको हो।

इजरायल आफै भने युद्धविराम गर्न नचाहिरेको अधिकारीहरुले जनाएका छन्। इजरायलले गाजा पूर्णरुपमा हमासमुक्त बनाउने र नयाँ प्रशासनसहितको सहर बनाउने योजनामा जुटेको छ।

उता प्यालेस्टाइनी मन्त्रिपरिषदका सबै सदस्यले राजीनामा दिएका छन्। गाजामा चर्को संकटको समयमा केही गर्न नसकेको भन्दै प्रधानमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिएको एजेन्सीहरुले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.