|

हेटौँडा : नेपाल मगर संघको प्रथम महाधिवेशन भएको ४१ वर्ष पुरा भएर ४२औँ वर्ष प्रवेशका अवसरमा मकवानपुरमा मगर दिवस मनाइएको छ।
 

हेटौँडाको बुद्धचोकमा ठूलो संख्यामा भेला भएर मगर समुदायले र्‍यालीसहित नाचगान गरेर दिवसको खुशी साटासाट गरेका छन्।

हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा सांस्कृतिक झाँकी र जातीय भेषभूषामा सजिएर मगर समुदायले ४२औँ मगर दिवस मनाए। 
सो अवरमा साँस्कृतिक कार्यक्रम तथा फुड फेस्टिभल कार्यक्रम पनि आयोजना गरिएको थियो।

आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको समुदाय मगर हो। 

मगर संघ स्थापनाको सम्मानमा मगर समुदायले परम्परागत भेषभुषासहितको र्‍याली प्रदर्शनी, सोरठी, कौडा, सालैजो र घाटु नाचका साथै मगर परिकार बिक्री तथा प्रदर्शनी गरिनुका साथै सांस्कृतिक कार्यक्रम गरिएको छ।

मकवानपुर जिल्लामा १६ हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.