उपाधिका लागि जोर्डनसँग खेल्ने

|

काठमाडौं : नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो। गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्‍यो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काइन्। खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो। 

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.