|

काठमाडौं : पश्चिमी वायु पुनः सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षाको सम्भावना छ। शुक्रबार साँझदेखि यो प्रणाली थप सक्रिय हुँदा वर्षाको सम्भावना बढेको हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुनेछ। मौसमविद् राजु प्रधानांगले बेलुकी पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्ने जानकारी दिए।

उनका अनुसार राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। 

शनिबार बागमतीसहितका प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

मौसमविद् प्रधानांगका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रधानांगले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.