|

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ।

मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको तेस्रो बैठकको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक तथा कानुनमन्त्री कृष्ण जिसीले जानकारी दिएका छन्।

आज (शुक्रवार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारलाई सिफारिस गरेको छ।

प्रदेशसभाको दोस्रो अधिवेशनको ३९ औँ बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो। करिब ५ महिनापछि सरकारले सभाको तेस्रो बैठक आह्वान गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.