काठमाडौँ : नेपाल पत्रकार महासंघले जिल्ला, प्रदेश र केन्द्रको अविलम्ब सदस्यताको अन्तिम टुङ्गो लगाउने निर्णय गरेको छ।
महासंघको सम्पन्न केन्द्रीय समिति बैठकले कान्तिपुर प्रकाशनगृहमा देखिएको श्रम समस्या समाधानका लागि वार्ता र संघर्ष दुवैलाई सँगसँगै लैजाने निर्णय गरेको छ।
बैठकले समयसीमाभित्रै महाधिवेशन गर्ने निर्णय गरेको हो। महासंघको संस्थापकका सवालमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले उठाएको मागबारे अध्यक्षकै नेतृत्वमा विज्ञहरू सम्मिलित समितिले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य शान्तराम बिडारीले जानकारी दिए।
जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन कार्यतालिकाको मिति अर्को हप्ता उपलब्ध केन्द्रीय समिति बैठक बसेर तोक्ने निर्णय गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।