|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भएको  प्रतिक्रिया दिएका छन्। 

मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भएको टिप्पणी गरेका हुन्। 

गठबन्धन बन्नु र तोडिनु सामान्य भए पनि सोमबारको घटना सामान्य नभएको उनले बताएका छन्। यो घटना सिर्जना हुनुमा पार्टीका नेताको हठ पनि कारक रहेको कोइरालाले बताएका छन्।

‘यसमा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि?’,  उनले प्रश्न गरेका छन्। उनले भविष्यका लागि सजग बन्न उनले आग्रह गरेका छन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेका थिए। यससँगै एमालेसँग नयाँ गठबन्धन बनेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.