|

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ। 

आज सुन तोलामा २ हजारले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यो मूल्य अहिलेसम्मकै उच्च हो। सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो।

यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.