|

काठमाडौं : कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्। परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस भएबमोजिम परियारले मंगलबार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम प्रदेश सभाको मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्ने प्रावधान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.