|

काठमाडौँ : सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत ग्राहकले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट पाउन सक्नेछन्। छुटका लागि ग्राहकले आफूले महाशिवरात्रि, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ।

यो योजना फागुन २५ देखि लागू हुनेछ। छुट पाउन ग्राहकले महाशिवरात्रि, ग्याल्पो ल्होसार र होली मनाएको फोटोयुक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ। घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोयुक्त कार्डका लागि वैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ।

उक्त कार्डका लागि ग्राहकले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ एपमार्फत आफूले इच्छाएको फोटो अपलोड गरी आवेदन दिन सक्नेछन्।

सानिमा बैंकका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा छन्। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुराँ तथा अन्य मर्चेन्टमा आकर्षक छुटको व्यवस्था मिलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.