|

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्न अहिलेको नयाँ गठबन्धन (एमाले-माओवादी…) बनेको बताए। नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनको सोमबार पाटनमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धन भएको बताएका हुन्।

उनले भने, 'राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ। जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ। जनताको शिर झुक्ने गरी काम गरिने छैन। बैतडी र सिंगो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ।'

देश निर्माणको लागि अहिलेको गठबन्धन बनेको बताउँदै  मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए।  एमाले विरूद्धको गठबन्धन बिफल भएको छ। उनले भने, 'देश संकटपूर्ण अवस्थामा छ, सरकारप्रति जनताको आक्रोश छ, हिजो एमालेले अघि सारेका योजना अलपत्र छन्। सरकारमा जति दिन रहे पनि यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ। जनताको पक्षमा काम गरिनेछ।'

राजनीतिक शक्ति सन्तुलनको आधारमा देशमा परिवर्तन  आएको भन्दै मन्त्री भण्डारीले  एमालेलाई बाहिर राख्न खोज्ने शक्ति पराजित भएको टिप्पणी गरे।

पार्टी मिसन ८४ मा हिँडेकोले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा मन्त्री भण्डारीको जोड रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.