|

हेटौंडा : बागमती प्रदेशसभामा विशेष समितिको प्रतिवेदन पेश भएको छ। मंगलवार बसेको प्रदेशसभाको उक्त बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिको संयोजक गोविन्दप्रसाद लम्सालले उक्त विशेष समितिको प्रतिवेदनको प्रस्ताव टेबुल गरेका थिए।

त्यसैगरी सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका थिए।

बैठकले उक्त प्रस्तावलाई उद्योग, पर्यटन, वातावरण समितिमा पठाउन अनुमति प्रदान गरेको छ। सभामुख पाठकले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको कार्यालयबाट मुख्यमन्त्री जम्कट्टेललाई कार्यभार सम्हाल्ने विषयको पत्र प्राप्त भएको जानकारी गराए।

त्यसैगरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को बैठक फागुन ३० गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे।

प्रदेशसभाको भोलि फागुन ३० गते बस्ने बैठकमा विशेष समितिको प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहने प्रदेशसभाका सभामुख एवं कार्यपरामर्श व्यवस्थापन समितिका अध्यक्ष भुवनकुमार पाठकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.