|

काठमाडौं : नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ। 

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको बताएको हो। सिण्डिकेटले नेपालबाट १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना छनोट गरेको बताएको छ।

कार्यक्रममा सिण्डिकेटका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिस्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरूलाई जापान विश्वस्तरको प्रतिस्पर्धाका लागि जापान पठाइने बताए।

उनले युनाइटेड ट्रेडर्स सिण्डिकेटले तीन क्याटोगरीमा ७ वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्म विभाजन गरी तीन क्याटोगरीबाट समान ३/३ जना छनोट गरेको बताए।

उनले भने, ‘१७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट नेपालमा मात्र नभइ विश्वभर आर्ट कम्पिटिशन भइरहेको छ। नेपालमा पनि यसको इभेण्ट हामीले गरिरहेका छौँ। यो गत वर्ष ९० वटा देशबाट लगभग ८ लाख सहभागी भएका थिए। त्यसमा नेपालबाट पनि हुनुहुन्थ्यो। एउटा ७ वर्षसम्मको क्याटोगरी, अर्को ८ देखि ११ र १३ देखि १५ वर्षसम्मको तीन वटा क्याटोगरी छ। यसको कन्सेप्ट साना बालबालिकाहरूको लागि एउटा ड्रिम कन्सेप्ट कार हुन्छ भन्ने हिसाबले आर्ट कन्टेस्ट गरिएको हो। तीन वटा क्याटोगरीबाट ९ जना छनोट हुनुभएको छ। यो हामीले वर्ल्ड कम्पिटिशनका लागि जापान पठाउनेछौँ। यसमा ८ सयभन्दा बढी बालबालिकाहरूले सहभागिता रहेको छ।’

७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा नेपालमा ८ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएको उनले बताए। यसले साना बालबालिकाका लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने बताए।

भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्‍याउने अपेक्षा गरेको टोयोटाले बताएको छ। सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.