|

काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १२ हुन लाग्दा पनि सुरु हुन सकेको छैन। 

संसद् सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक नसकिएकाले बैठक शुरु हुन ढिलाइ भएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले कार्यव्यवस्था समितिकाे बैठक सकिएलगतै बैठक शुरु हुने जानकारी दिए। 
 
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा अनुसन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ। यी विषयमा पनि प्रधानमन्त्री प्रचण्डले धारणा राख्नेछन्। 

मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि–बजेट छलफल जारी रहने पनि कार्यसूची छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.