|

हेटौँडा : नेपाली कांग्रेस बागमतीले ९ वटा विभाग गठन गरेको छ।

पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शुक्रवार प्रदेश कार्यसमितिका सदस्य प्रमुख रहने गरी ९ वटा विभाग गठन गरेका हुन्।

जसअनुसार सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा प्रदीप कोइराला, शुभेच्छुक संस्था समन्वय विभागमा उज्जवलराज घिमिरे, अभिलेख अनुगमन तथा मूल्याङ्कन विभागमा सुमनराज कार्की, जल‚ ऊर्जा तथा प्राकृतिक स्रोत विभागमा गीता सिम्खडा, शाति सुरक्षा तथा प्रशासन विभागमा रामेश्वरसिंह ओली प्रमुख बनेको नेपाली कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए।

यसैगरी, द्वन्द्व व्यवस्थापन विभागमा राजेश महर्जन, अन्य पार्टी सम्पर्क विभागमा धर्मराज अर्याल, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विक्रम लामा र कृषि तथा भूमिसुधार विभाग प्रमुखमा कुमार दुलाललाई मनोनीत गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.