धनकुटा : कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय स्थापनाको करिब ५ वर्षपछि धनकुटामा आज मन्त्रिपरिषद् बैठक बसेको छ।
तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल वैशाख २९ गते धनकुटामा उद्घाटन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा पहिलो पटक प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बसेको हो।
बैठकले प्रदेशका सबै कार्यक्रममा मायाको चिनो र उपहार वितरण गर्दा प्रदेशभित्रको उत्पादन प्रयोग गर्न सरकारी कार्यालयमा पत्रचार गर्ने निर्णय गरेको छ।
बैठकले धनकुटा, भोजपुर र उदयपुर सिमाना सप्तकोशी नदीमा रहेको खुवालुङलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्ने निर्णय पनि गरेको छ।
धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा महिनाको एकपटक प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवत्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।