जनकपुरधाम : जनकपुरधाममा आज होली मनाइएको छ। बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो।
एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ। तराईका अन्य ठाउँमा भने सोमवार नै होली मनाइएको थियो। होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अबीर लगाएर खुसियाली मनाउने चलन पनि विद्यमान छ।
हिमाली र पहाडी जिल्लामा आइतवार तथा तराईका अन्य जिल्लामा सोमवार होली मनाइसकिएको छ। मिथिला मध्यमा परिक्रमाअन्तर्गत अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ।
योपटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलवार साधुसन्तले मनाए। अन्य ८० प्रतिशतले भने बुधवारमात्रै होली मनाए। मंगलवार माछामासु खान नहुने भन्दै त्यहाँका बासिन्दाले बुधवार मनाएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।