|

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जनाले उपनिर्वाचनमा इलामबाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र शेषरमण न्यौपानेको निवेदन परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जनाएका छन्।​

बरालका अनुसार प्रारम्भिक निर्वाचनमा सहभागी ६ जनामध्येबाट एकजना उम्मेदवार चयन गरिनेछ। इलाम-२ नेकपा (एमाले)ले सुहाङ नेम्वाङलाई उठाउने भएको छ। पहिचानवादीको पक्षमा डकेन्द्र लिम्बु र अर्जुनविक्रम शाहीले स्वतन्त्र घोषणा गरेका छन्। नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवारको रूपमा अघि सारेको छ।

नेकपा माओवादीले धीरेन्द्र शर्मा, उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङलाई उम्मेदवारको रूपमा केन्द्रीय समितिमा सिफारिस गरेको छ। राप्रपाले लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेसले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, रमेश लिङ्देन, नगेन्द्र कुमाल,चन्द्रमाया लिम्बू र शान्तिकला राईमध्ये एकजनालाई उम्मेदवार बनाउने भएको छ। सम्भावित उम्मेदवारसँग कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार छलफल गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.