|

निशा गुरुङ

​हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले बिहीवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका उनले नेपाल भाषामा प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका हुन्।

बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाइएको हो। नवनियुक्त मन्त्री बज्राचार्यलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

प्रदेश प्रमुख शर्माले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा शपथ ग्रहण गराएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए। बागमती प्रदेशमा सत्तागठबन्धनको सरकार विस्तारमा निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएलगत्तै वर्तमान सरकार तत्काललाई जोगिएको छ।

यसअघि हानेपाले विज्ञप्ति जारी गरेपछि एमाले-माओवादी-समाजवादी सत्तागठबन्धनमा समस्या उत्पन्न भएको थियो।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सांसद चाहिन्छन्। एमाले, माओवादी र एकीकृत समाजवादी र हानेपाका कुल सांसद ५७ छन्। प्रदेशसभामा हानेपाका बज्राचार्य सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री जम्कट्टेलको सरकार जोगिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.