|

काठमाडौँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राज्यले कृषि क्षेत्र र कृषकलाई कुनै पनि बहानामा उपेक्षा नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

शनिवार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ)को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले कृषि क्षेत्रमा रहेका महिलाहरुको आम सुरक्षा, मर्यादित एवं सम्मानित कृषि उद्यमशिलताको प्रत्याभुत गर्न निरन्तर लागिरहने बताइन्। 

उनले कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्दै महिलाहरुको समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिइन्।

मन्त्री साहले कृषिमा नविनता, दिगोपन र उद्यमशिलताका विषयमा कृषि क्षेत्रका परिवर्तनकारी क्षेत्रमा निर्माण र कार्यान्वयनमा विज्ञहरुको निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरिन्।

उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत महिलामैत्री कृषिकरण उपलब्धताको सुनिश्चिततासँगै महिलाहरुबाट सञ्चालित कृषि सहकारी, समूह, कृषि फार्महरुको विकासको लागि मन्त्रालयको विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.