|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले समाजवादीहरू एक हुन नसक्दा प्राप्त उपलब्धिहरू खतरामा परेको औंल्याएका छन्।

उनले एकता भइरहेका समाजवादीहरू पनि विभाजित हुँदा हिजो परास्त भएका शक्तिहरूले शिर उठाउने अवस्था बनेको बताए। 

समाजवादी मोर्चाले राष्ट्रियसभा गृहमा अयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ नामक अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

‘समाजवादीहरूको बीचमा एकता नहुँदा र भएकोबाट विभाजन हुँदा हिजो परास्त भएका शक्तिहरूले शिर उठाउने परिस्थिति बनेको छ’, उनले भने, ‘त्यसकारण पहिलो सर्त समाजवादी हौं भन्नेहरू न्यूनतम एकता र सहमतिका कुराहरू लागु गरेर जाने आँट र हिम्मत गर्न सक्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.