|

काठमाडौं : आयरल्यान्ड उल्भ्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपाल एले टस जितेर फिल्डिङ रोजेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर आयरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो। 

पहिलो खेलमा पराजित २१ भएको नेपाल आज सिरिज बराबरी गर्ने लक्ष्यमा छ। 
तीन खेलको श्रृंखलामा अन्तिम खेल पर्सि आइतबार हुनेछ। यसअघि नेपाल ए र आयरल्याण्ड उल्भ्सबीच तीन खेलको टी–ट्वेन्टी श्रृंखला भएको थियो। जसमा नेपाल २–१ अंकले पराजित भएको थियो।

नेपाल ए सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई खेलको टी–ट्वेन्टी श्रृंखला खेलेको थियो। जसमा आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.