|

इण्डियन प्रियिमर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले घरेलु मैदानमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित हासिल गरेको छ । 

चेन्नईले प्रस्तुत गरेको १६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो। हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए। उनले ३६ बलमा ४ चौका र एक छक्का हिर्काए।

यसअघि ओपनर अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै  शानदार शुरुवात गरेका थिए । उनले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६५ रन बनाएको थियो। चेन्नईका लागि शिवम् दुवेले २४ बलमा ४५ रनको शानदारी इनिङ्स खेले। उनले दुई चौका र ४ छक्का हिर्काए।

जितपछि ४ खेलबाट ४ अंक बटुल्दै हैदराबाद पाँचौँ स्थानमा छ। आईपीएलको यो सिजनमा हैदराबादको यो दोस्रो जीत हो। समान अंक भए पनि नेट रनरेटका आधारमा चेन्नई तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.