|

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा आज (शनिवार) कैलालीको धनगढीमा यू–१३ छात्र/छात्रा खेलाडी छनोट शुरु भएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले युवा विकास परियोजनालाई निरन्तरता दिन प्रदेश स्तरीय खेलाडी छनोट थालेको सङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।

“सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ८८ खेलाडी छनोट भएर आएका छन्,” उनले भने‚ “तीमध्येबाट छनोटमा पर्ने खेलाडीलाई एन्फा एकेडेमीमा भर्नाका लागि दोस्रो चरणको छनोटमा सहभागी गराइनेछ।” 

आज र भोलि छात्र खेलाडी तथा सोमवार छात्रा खेलाडी छनोट गरिने जानकारी उनले दिए। मुलुकभरबाट छनोट भएर आउने खेलाडीलाई समेटेर  एन्फाले विभिन्न एकेडेमी सञ्चालन गर्नेछ। 

अन्तिम छनोटमा परेका खेलाडीको सम्पूर्ण व्यवस्थापनसहित एन्फाले राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रदेश अध्यक्ष श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.