|

काठमाडौं : प्रभु बैंक लि. र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार / भुक्तानी सहजीकरण गर्नेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री रश्मी पन्त र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक लि. र नेपाल क्लिरिङ हाउस लि. (एनसिएचएल) विच आज सम्पन्न सम्झौता बमोजिम अन्तर्देशीय कारोबार / क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाख सम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई इनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ।

हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजार सम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.