अर्घाखाँची : भाइको हत्या गरेको अभियोगमा रुपन्देहीमा प्रहरीले दाजुलाई पक्राउ गरेको छ।
शीतगङ्गा नगरपालिका-१२ रजियाका राजन भुसालको हत्या गरेको आरोपमा उनकै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो। ९ वर्षअघि भाइ राजनको हत्या गरेर जनकराज फरार रहेका थिए।
विदेश बस्दै आएका जनकराज १ महिनाअघि मात्र घर फर्केका थिए। विशेष अनुसन्धानपछि ठाडादहबाट जनकराजलाई आज (शुक्रवार) पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषिराम घर्तीले बताए।
प्रहरी प्रमुख घर्तीले अनुसन्धानका लागि ७ दिन म्याद थपिएको बताए। जनकराजले भाइको हत्या आफूले गरेको स्वीकारेको जानकारी उनले दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।