काठमाडौँ : संसदीय सुनुवाइ समितिले महालेखापरीक्षक पदका लागि तोयम रायाको नाम अनुमोदन गरेको छ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीमाथि परेको उजुरीमाथि छानबिन गरी रायालाई उक्त पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो।
संवैधानिक परिषद्बाट प्रस्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदमा लागि उपयुक्त देखिएकाले उनको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए।
रायले भने, ‘संवैधानिक परिद्बाट सिफारिस तोयम रायालाई महालेखापरीक्षक पदमा प्रस्ताव गर्ने नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइका लागि नाम प्राप्त भएकोमा महालेखापरीक्षक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भयो।’
संवैधानिक परिषद्को गत चैत २८ गते बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई महालेखापरीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। आफूमाथि परेका एक उजुरी र एक सूचनामाथि उनले स्पष्टीकरण दिएका थिए।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखापरीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।