काठमाडौँ : कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी न्याय उनका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।
बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा श्रेष्ठकी श्रीमती रमिला र उनका पुत्र रोहनले खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन्।
उनीहरुले कुनै पनि राजनीतिक दलको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे।
रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छाड्न नहुने बताइन्। उनले यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटक पटक छोडिएको भन्दै उनले अपराधीलाई कारबाही गर्न माग गिरन्।
उनले श्रीमान नपाए पनि अब न्याय पाउने आश लागेको बताइन्। उनले खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौति बढेको पनि बताइन्। पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने जानकारी दिए।
उनले भने काम गर्न जटिलता भए पनि अपराधीलाई उन्मुक्ति नदिने बताए। उनले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।