काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
शुक्रवार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथग्रहण गराएका हुन्। मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो।
जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन्। उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनालाई सिफारिस गरिएको थियो।
शुक्रवार सभामुख घिमिरेले उनलाई प्रतिनिधिसभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।