|

काठमाडौं : एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि शनिबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। 

शुक्रबार सेमिफाइनलमा यूएईसँग पराजित नेपालले तेस्रो स्थानका लागि हङकङसँग खेल्ने भएको हो। खेल नेपाल समयअनुसार अपराह्न ४ः १५ बजे हुनेछ । 

शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हराएको थियो। 

नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यो पटक समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको थियो।  सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ 

फाइनलमा आइतबार ओमान र यूएईबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.