|
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बता्एकी छन्। 

उनले राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरु र राष्ट्रियसभा नियमावलीले निर्देशित कामहरु तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उपाध्यक्ष घिमिरे गत चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनी राष्ट्रियसभा सदस्यमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.