सुदूरपश्चिमको मुद्दा पनि आजै

|

काठमाडौं : गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको आज सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको दाबी नै गैरसंवैधानिक भएको भन्दै नियुक्ति बदरको माग गर्दै पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए।

त्यसको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले उनलाई दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न चैत २८ गते अन्तरिम आदेश दिएको थियो।

सभामुखको मतलाई समेत जोडेर बहुमत पुर्‍याइएको भन्दै सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसका प्रदेश सभा सदस्य पाण्डे सर्वोच्च गएका थिए।

गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे गरी ६० सांसद छन्। गण्डकीमा सरकार बनाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।

सुदूरपश्चिमको मुद्दा पनि आजै

त्यस्तै, सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको मुद्दा पनि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासको अन्तिम नम्बर (ठ) मा तोकिएको छ। यस मुद्दाको सुनुवाइको सम्भावना भने कम देखिन्छ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च पुगेका थिए।  

उनले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.