|

काठमाडौं :  कतारका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्।

उनी ३ बजेर ३९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल स्रोतले जानकारी दिएको छ।

उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन्। विमानस्थलमै उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।

कतारी राजा थानीले आजै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेका छन्।

थानीले भोलि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

बंगलादेश हुँदै नेपाल आएका उनी बुधबारै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.