|

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कायापलट गर्न १५ वर्ष कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कृषिमन्त्री ज्वालाले यस्तो बताएकी हुन्। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत कृषिलाई प्राथमिकता दिनुपर्ने आग्रह गरिन्।

कृषि क्षेत्रमा धेरै समस्या र चुनौती रहेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न जुटेको उनको दावी छ। उनले कृषिलाई प्राथमिकता देश समृद्धिको बाटोमा जाने दाबी गरिन्।

साढे १६ अर्ब बराबरको रकम माग भए पनि कृषि मन्त्रालयसँग १२ करोड बजेट रहेको बताइन्। मन्त्री साहले किसान परिचयपत्र तत्कालै व्यवस्था गर्ने प्रतिबद्धता जनाइन्। बजेट अभावले दूध, पशुबीमाका लगायतका समस्या भइरहेको बताइन्। उनले उखु किसानलाई थप समस्या आउन नदिने गरी मन्त्रालय गम्भीरतासाथ काम गरिरहेको बताइन्।

मन्त्री ज्वालाले भनिन्, ‘नेपाली माटोमा उत्पादित वस्तुलाई सुरक्षित राख्न कोल्ड स्टोरेजलाई अनुदान दिनुपर्छ। कृषिमा विदेशी वस्तुलाई प्रतिस्थापन गर्न नसके चुनौतीपूर्ण अवस्था आउने अवस्था छ। कृषि क्षेत्र अगाडि बढ्यो भने मुलुक पनि अगाडि बढ्छ।  अबको १५ वर्ष कृषिमा प्राथमिकता दिने हो भने कृषि क्षेत्रमा कायापलट आउँछ। देश समृद्धितिर जान्छ।’

मन्त्री साहले कोल्ड स्टोरेजलाई विद्युतमा ५० प्रतिशत अनुदान दिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताइन्। उनले उनले विदेशी कृषि वस्तु प्रतिस्थापन गर्न सक्नुपर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.