|

हेटौंडा : बागमती प्रदेशका सरकारी कार्यालयले तीन भाषामा सूचनापाटी राख्नुपर्ने भएको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो।

आज बसेको प्रदेशको मन्त्रिपरिषद्‌ बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। सोही दिन बागमती सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेशवासीमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको श्रेष्ठले बताए।

त्यसैगरी सरकारले बागमती प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ। नयाँ कार्यालय भवन उद्घाटन गर्न भएको खर्चका लागि सरकारले जिल्ला अदालत मकवानपुरलाई ५ लाख रकम दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.