फाइनल पुगेका सञ्जीव र विद्या विश्वकपका लागि छनोट

|

ललितपुर : चीनमा जारी अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ कास्य पदक जितेको छ । 

अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा जारी प्रतियोगितामा नेपालले सान्सौंतर्फ दुईवटै कास्य जितेको हो । 
लुमन्ती श्रेष्ठ र किरण सिंह साउदले कास्य हात पारे। 

लुमन्तीले महिला ६५ केजी र किरणले ९० केजी तौल समूहमा कास्य पदक जितेको चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए । 

 दुवै टर्कीका खेलाडीसँग सेमिफाइनलमा पराजित भएका थिए । 

फाइनल पुगेका सञ्जीव र विद्या विश्वकपका लागि छनोट

यसैगरी सान्सौँ विधाको महिलातर्फ ५६ केजीमा विद्या गुरुङ र पुरुषतर्फ ८० केजीमा सञ्जीव महर्जनले फाइनलमा स्थान बनाएका छन् ।  

विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खातुनलाई सेमिफाइनलमा ११–३, ७–३, १२–१, १०–५ र ४–१ ले हराईन् । अब उनले स्वर्ण पदकका लागि टर्कीकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्। 

यसैगरी सेनेगलका खेलाडीलाई हराएर फाइनलमा पुगेका संजिवले स्वर्ण पदकका लागि इरानी खेलाडीको सामना गर्नुपर्ने भएको छ । 

फाइनलमा पुगेका सञ्जीव र विद्याले आगामी नोभेम्बरमा हुने उसुको सान्सौँ विश्वकपमा छनोट भएका छन्। 

यो प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउने खेलाडीले आगामी अक्टोबरमा जापान र नोभेम्बरमा अष्ट्रेलियामा हुने उसुको विश्वकप प्रतियोगितामा छनोट हुन पाउने छन्। 

जापानमा थाउलो विश्वकप र अस्ट्रेलियामा सान्सौँ विश्वकप हुनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.