|

धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति भएको छ। सोही सहमतिअनुसार नाउपाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ।

आज नाउपाकी प्रदेशसभा सदस्य टीका थापा उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेर शपथ ग्रहण गराउने कार्यक्रम छ। एकीकृत समाजवादीसहित नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य जोशीको समर्थनमा समाजवादीका दीर्घ सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले त्यसपछि नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएका थिए भने आज टीकालाई मन्त्री नियुक्त गर्दै छन्। यस्तै एमाले र माओवादी केन्द्रले पनि सरकारमा जानेबारे छलफल गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.