दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको छ।
कार्यालयमा सेवा लिन आउने सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रशासनले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको हो।
हरेक दिन दिउँसो १ बजे सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रममार्फत सेवाग्राहीका समस्या सुनुवाइ गर्दै आएको जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलवार स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको हो।
सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।
स्वास्थ्य परीक्षण कक्ष सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालयबाट एकजना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।