|

पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको छ।

अप्रिलमा सबैभन्दा बढी मानवीय क्षति उत्तरपश्चिमी खैबर पख्तुनख्वामा भयो। यो राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको छ। यहाँ तीन हजार ५०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन्।

पाकिस्तानको मौसम विज्ञान विभागका प्रवक्ता जहीर अहमद बाबरले अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएका कारण यस प्रकारको क्षति बेहोर्नुपरेको बताए। ‘हामीले जलवायु परिवर्तनको प्रत्यक्ष परिणामको रूपमा यी अनियमित मौसमी स्वरूप देखेका छौँ’, उनले एएफपीसँग भने।

पाकिस्तान अप्रत्याशित मौसमको साथै सामान्यतया जुलाईमा हुने प्रायः विनाशकारी मनसुनी वर्षाको लागि बढ्दो जोखिममा छ। देशको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको केही उत्तरी भागमा असिना र पानीले मुख्य खाद्यान्नमध्येको गहुँ बाली सखाप पारेको छ ।

यो महिनाको सुरुमा अधिकारीहरूले पञ्जाबमा गहुँ काट्ने किसानसहित कैयौँ व्यक्तिको चट्याङ लागेर मृत्यु भएको र वर्षासँग सम्बन्धित विभिन्न घटनामा २१ जनाको मृत्यु भएको थियो।

सन् २०२२ को ग्रीष्मऋतुमा पाकिस्तानको एक तिहाइ भूभाग अभूतपूर्व मनसुनी वर्षाका कारण डुबानमा परेको थियो जसका कारण लाखौं मानिस विस्थापित हुनुका साथै देशलाई ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको विश्व बैङ्कको अनुमान छ ।

यस महिना देशका धेरै भागहरूमा भारी वर्षा भइरहेका बेला सबैभन्दा ठूलो शहर कराँचीमा आइतबार वर्षकै सबैभन्दा गर्मी दिन भएको छ र तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.