|

काठमाडौं : धनुषाको नकटाझिजमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

मिथिला नगरपालिका-२, नकटाझिजस्थित ढल्केबर-जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो। उनको परिचय खुल्न नसकेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए।

गएराति २ बजेतिर जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ क ०१६० नम्बरको मोटरसाइकल सोही दिशातर्फ बिग्रिएर रोकिराखेको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको ट्रिपरमा ठोक्किएको हो।

गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.