काठमाडौं : मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइन्छ।
आठ घण्टा काम, ‘आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोमा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाउन थालिएको हो।
अन्तर्राष्ट्रिय श्रमिकदिवस मनाइरहँदा नेपालमा भने श्रमको सही मूल्यांकन हुन नसकेको देखिन्छ। पटक-पटक राजनीतिक परिवर्तन हुँदा पनि श्रमिकको समस्या जस्ताको तस्तै छ।
हेरौँ श्रममा व्यस्त नेपालीका केही तस्विर–
तपाईंको ईमेल गोप्य राखिनेछ ।