|

काठमाडौं :  वेष्ट इण्डिज ‘ए’ विरुद्दको ५ टी-२० शृंखलाअन्तर्गत नेपालले बुधबार पनि पहिले बलिङ गर्ने भएको छ।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तेस्रो खेलमा क्यारेबियन टोलीले टस जितेर ब्याटिङ रोजेको छ।  

आज कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् भने रोहित पौडेललाई विश्रान दिइएको छ। 

नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो। 

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.