|

काठमाडौं : अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासंघले र्‍याली निकालेका छन्। मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्‍याली निकालेका हुन्। काठमाडौंको चर्को घाम र गर्मीका बीच पनि उनीहरूले श्रमिक दिवसलाई आफ्नो पर्वजस्तै प्यारो ठानेर र्‍याली निकालेका हुन्। उनीहरूले मजदुर एकता जिन्दावाद्, १३५औँ मई दिवस सफल पारौँ जस्ता नारा लगाएका छन्।

आठ घण्टा काम, ‘आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोमा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाउन थालिएको हो।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.