|

महेन्द्रनगर : कञ्चनपुरस्थित दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ। दुईजना बिरामी भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले शनिबार नदीमा डुबेर बेलौरी नगरपालिका-७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जानकारी दिए।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट बिरामी भएका छन्। उनीहरूमध्ये धनगढीमा  एकजनाको र ​बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अर्का व्यक्तिको उपचार भइरहेको छ। दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.