|

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार पनि प्रदूषण उच्चस्तरमा छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ। 

काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८७ छ। एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ । 

देशका अधिकांश भूभागमा लागेको आगलागी र डढेलोले प्रदुषणको मात्रा बढेको छ । पानी नपरुञ्जेल प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै पश्चिमी वायुको आशिंक प्रभावले तापक्रमको मात्रा भने कम भएको छ। सबैभन्दा उच्च तापक्रम पुग्ने भैरहवा, जनकपुर, धनगढी, सिमरा लगायतका स्थानकोे अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दामाथि पुगेको छैन। 

आइतबार पनि ती स्थानमा सोही अनुपातमा तापक्रम पुग्ने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.