|

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिलाई हेरेर सुदूरपश्चिममा दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिन निर्देशन दिएका हुन्। 

अध्यक्ष ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले गए राति ओली निवासमा भेटेर विश्वासको मत दिने र नदिने विषयमा छलफल गरेका थिए। 

‘छलफलका क्रममा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न भन्नुभएको छ।’ एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावलले भने। 

समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने अध्यक्ष ओलीको भनाइ छ। 

यसअघि शुक्रबार र शनिबार विश्वासको मत लिनका लागि मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभा बैठक बोलाएका थिए। तर बैठकमा एमालेले उपस्थित नहुने भएपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.