|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले जङ्गलमा आगो लगाएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत शुक्रवार अन्नपूर्ण गाउँपालिका–३ मराम्चेमा रहेको मराम्चे सामुदायिक जङ्गलमा आगलागी भएको थियो।

सूचना प्राप्त हुँदासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जङ्गलमा लागेको आगो नियन्त्रण गर्न नसक्ने अवस्थामा रहेको पाएपछि आगो लगाउने व्यक्तिको खोजी थालेको थियो।

खोजतलास गर्दा अन्नपूर्ण गाउँपालिका–३ मराम्चे बस्ने वर्ष ३९ वर्षीय अगन्दर पौडेलले आगो लगाएको भन्ने सूचना मिलेको थियो। उनलाई शुक्रवार नै पक्राउ गरी सोधपुछ गर्दा जंगल नजिकै रहेको आफ्नै खरबारी पाखोमा सुकेका घसेटामा आगो लगाएको र उक्त आगो अनियन्त्रित भई सामुदायिक वनमा पुगेको बताएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका पौडेलमाथि प्रारम्भिक अनुसन्धान गरेपछि थप अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालय बगरमा कास्कीमा पठाइएको पनि प्रहरी उपरीक्षक शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.