|

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्। 

कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-३ पिपलाँडीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय भुवन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल खोल्साबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित झापा बुद्धशान्ती नगरपालिका-१ बुधबारे बस्ने ३५ वर्षीय प्रकाश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी इलाम, सूर्योदय नगरपालिका-११ तिनघरे बस्ने ३१ वर्षीय देबेन्द्र राईलाई लागूऔषध गाँजा ४ किलो ६ सय ग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी तिनघरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।

मकवानपुर, मनहरी गाउँपालिका-७ माईङ्गा खोलाबाट लागूऔषध गाँजा ३६ किलोसहित ३ जना सोमबार दिउँसो पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ बस्ने २७ वर्षीय बिबेक प्रजा र हेटौंडा उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन्। उक्त स्थानमा पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१४ हरिया कटानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय रबि खातीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।            

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.