|

विराटनगर  : कोशी सरकारले आगामी आव २०८१।०८२ को बजेट निर्माणको प्रक्रिया अगाडि बढाएको छ। 

बजेट तर्जुमा गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट सिलिङ विषयगत मन्त्रालयहरूमा पठाएर योजना माग गरेको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले समानीकरण अनुदान, राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक आयको स्रोतका आधारमा बजेट सिलिङ तयार गरी विषयगत मन्त्रालयसँग योजना माग गरिएको जानकारी दिए।

‘संघबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँडको रकम घटेर सिलिङ प्राप्त भएकाले सोहीअनुसार प्रदेशको आन्तरिक राजस्व आयको अवस्थालाई ध्यान दिएर हामीले २८ अर्ब ५० करोड हाराहारीको सिलिङ दिएर योजना माग गरेका छौं’‚ उनले भने।

उनले मन्त्रालयको प्राथमिकता, प्रदेश सरकारको आवधिक योजना र प्राथमिकता तथा संघीय सरकारको प्राथमिकता समावेश गरेर योजना पेश गर्न आग्रह भनिएको बताए। संघीय सरकारको बजेट आएपछि सर्शत र विशेष योजनाहरू प्राप्त हुँदा बजेटको सिलिङ थप हुने पनि उहाँले जानकारी दिनुभयो। 

कोशी सरकारको आन्तरिक आम्दानी निरन्तर घट्दै गइरहेको सचिव भण्डारीले बैठकलाई जानकारी गराए।

आगामी वर्षको बजेट निर्माण गर्दा प्रदेश योजना आयोगको योजना बैंकमार्फत बहुवर्षीय आयोजनाहरू छनौट गर्न र स्थानीय तह तथा मन्त्रालयहरूमा प्रक्रियागत, अध्ययन पूरा भएका आयोजना मात्र समावेश गर्न सचिव भण्डारीले सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे।

अहिलेसम्म कोशी प्रदेश सरकारले ४१ प्रतिशत पुँजीगत बजेट खर्च गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.